कोटहीमाई गाउँपालिकामा लाेसपा विजयी
जेठ १०,भैरहवा ।
रुपन्देहीको कोटहीमाई गाउँपालिका अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टीका बालकृष्ण निर्वाचित भएका छन् ।
त्रिपाठी ४ हजार ६ सय ३८ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाल जनता पार्टीका अशोककुमार कलवार ४...
सप्तरीको छिन्नमस्ता गाउँपालिकाकाे अध्यक्षमा २६ वर्षीय चौधरी विजयी
जेठ ०८, सप्तरी ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकाको अध्यक्ष पदमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का विद्यान्नद चौधरी र उपाध्यक्षमा माओवादी केन्द्रकी राजुदेवी यादव विजयी भएका छन्।
२६ वर्षीय चौधरी ११ सय २९ मतअन्तरले विजयी भएका हुन् ।...
काभ्रेकाे महाभारत गाउँपालिका अध्यक्षमा माओवादीको जित
जेठ ०७,बनेपा ।
काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकाको अध्यक्ष पदमा गठबन्धन दलको तर्फबाट नेकपा (माओवादी केन्द्र)का कान्छालाल जिम्बा र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका सागर मोक्तान विजयी भएका छन् ।
शुक्रबार राति सम्पन्न मतगणनाको परिणामअनुसार अध्यक्ष जिम्बाले चार...
रुपन्देहीको मर्चवारी पालिका अध्यक्ष र उपाध्यक्षमा जनता प्रगतिशील पार्टी विजयी
जेठ ०७,भैरहवा ।
रुपन्देहीको मर्चवारी गाउँपालिका अध्यक्षमा जनता प्रगतिशील पार्टीका गया बरई निर्वाचित भएका छन् । ४ हजार ३ सय ८५ मत प्राप्त गर्दै बरई निर्वाचित भएका हुन् ।
उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका ज्ञान प्रकाश मिश्रले...
कांग्रेसलाई हराउँदै तिला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी
जेठ ०४, जुम्ला ।
जुम्लाको तिला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका मोतिलाल रोकाया र उपाध्यक्षमा गोरीकला बुढा (कल्पना ) विजयी भएका छन ।
रोकाया नेपाली कांग्रेसका एकराज उपाध्यायलाई २१ मतअन्तरले पछि पार्दै विजयी बनेका हुन् । उनले...
२८ वर्षीय युवा वडाध्यक्षमा निर्वाचित
जेठ ०१,खोटाङ
खोटाङमा २८ वर्षीय युवा वडाध्यक्षमा निर्वाचित भएका छन् । साकेला गाउँपालिका–५ मात्तिममा कांग्रेसकातर्फबाट जीवन न्यौपाने (खत्री) वडाध्यक्षमा विजयी भएका हुन् । उनले १९७ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका...
मिर्चैया-१ मा माओवादीका महताे विजयी
जेठ ०१, सिरहा
सिरहाको मिर्चैया नगरपालिका-१ मा माओवादी केन्द्रका रुपेशकुमार महतो वडाध्यक्षमा विजयी भएका छन् ।
एमालेका राम भरोस महतोरालाई १ सय २१ मतान्तरले हराउँदै उनी वडाध्यक्ष बनेका हुन् । रुपेशले ६ सय ६७ मत ल्याए...
गोसाईकुण्ड-४ मा कांग्रेसकाे प्यानलै विजयी
जेठ ०१, रसुवा
रसुवाको गोसाईकुण्ड गाउँपालिका-४ को वडाध्यक्षसहित नेपाली कांग्रेस प्यानल नै विजयी भएको छ । नेपाली कांग्रेसका डिण्डु लामा ज्याबा तामाङले १ सय ६६ मत ल्याएर विजयी भए । उनका निकटम प्रतिस्पर्धी एमालेका...
झापामा कांग्रेसको विजयी सुरुवात
जेठ ०१ ,झापा
झापाको कमल गाउँपालिकामा कांग्रेसले विजयी सुरुवात गरेको छ । उसले कमल- १ बाट विजयी सुरुवात गरेको हो ।
कमल-१ मा कांग्रेसका केदार कटुवालको प्यानल नै विजयी भएको छ । उनले १७८६ मत...
माओवादी केन्द्रले पालिका अध्यक्षमा खोल्यो खाता
वैशाख ३१, काठमाडौं
डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्।
अध्यक्षमा माओवादीबाट नारासिंङ रोकाय र उपाध्यक्षमा अमृता लामा विजयी भएका हुन् । रोकाय ७७० मत ल्याएर विजयी भएका छन् । एमालेका उम्मेदवार...