महोत्तरी-३ बाट लोसपाका अध्यक्ष महन्थ ठाकुर विजयी

महोत्तरी । महोत्तरी प्रतिनिधिसभा क्षेत्र नम्बर-३ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर विजयी भएका छन् । उनले जनता समाजवादी पार्टी (जसपा) का हरिनारायण यादवलाई २ हजार ५० मतान्तरले पराजित गरेका हुन् ।...

निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरूलाई प्रमाणपत्र प्रदान

लमजुङ । मंसिर ४ गते भएको निर्वाचनबाट प्रतिनिधिसभा तथा प्रदेशसभामा निर्वाचित सदस्यहरुलाई शुक्रबार मुख्य निर्वाचन अधिकृतको कर्यालयले प्रमाणपत्र प्रदान गरेको छ । शुक्रबार आयोजित एक कार्यक्रममा बीच मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश शिवप्रसाद खनालले...

काठमाडौं-१ बाट निर्वाचित प्रकाशमान सिंहले बुझे प्रमाणपत्र

काठमाडौं । निर्वाचन आयोगले काठमाडौं क्षेत्र नम्बर १ बाट विजयी भएका प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यलाई निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ । नयां बानेश्वरस्थित संसद भवनमा शुक्रबार आयोजित एक कार्यक्रममा आयोगले काठमाडौं क्षेत्र नम्बर १...

देशलाई दुर्घटनामा जानबाट जोगायौं : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन दलहरू बीचको बहस र आन्दोलनले देशलाई दुर्घटनामा जानबाट जोगाएको बताएका छन् । शुक्रबार गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचित भएको प्रमाण पत्र लिइसकेपछि आयोजित सभालाई...

गुल्मी-१ मा कांग्रेसका चन्द्र भण्डारी निर्वाचित

काठमाडौं । गुल्मी–१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका चन्द्र भण्डारी निर्वाचित भएका छन् । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई पराजित गर्दै भण्डारी निर्वाचित भएका हुन् । भण्डारीले ३२ हजार २ सय २७ मत प्राप्त गरेका छन् ।

काभ्रे-२ बाट गोकुल बास्कोटा निर्वाचित

काठमाडौं । एमाले नेता गोकुल बास्कोटा काभ्रे २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । सुरुदेखि नै कांग्रेस उम्मेदवार शिवप्रसाद हुमागाईसँग पछाडि परेका गोकुल बिहीबार बिहानदेखि मात्र अगाडि लागेका छन् । मतपरिणामअनुसार बास्कोटा झन्डै ६...

प्रचण्डले लिए गोरखा-२ बाट निर्वाचित प्रमाणपत्र

गोरखा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचित प्रमाणपत्र बुझेका छन् । शुक्रबार गोरखा पुगेर उनले निर्वाचित प्रमाणपत्र बुझेका हुन् । उनलाई जिल्ला निर्वाचन अधिकृतले प्रमाणपत्र हस्तान्तरण गरेका थिए । प्रचण्ड बिहीबार फराकिलो मतान्तरले...

काभ्रे २ मा एमालेका गोकुल बाँस्कोटाको विजय निश्चित

काठमाडौं । काभ्रे क्षेत्र नम्बर २ मा नेकपा (एमाले)का गोकुल बाँस्कोटाको जित निश्चित भएको छ । ५००९ मतगणना हुन बाँकी रहँदा बाँस्कोटाले ५७१८ मतान्तरसहित जित सुनिश्चित गरेका हुन् । बेथानचोक, बनेपा पनौतफ, भुम्लु मन्डनदेउपुर, पाँचखाल, धुलिखेलका...

अनिल झालाई हराउँदै धनुषाबाट जुली महतो विजयी

काठमाडौं - एमाले नेतृ जुलिकुमारी महतो धनुषा ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छिन् । महतोले लोसपा नेता अनिल झालाई हराएकी हुन् । महतो ३३ हजार ३८८ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी झाले २३...

दाङ १ मा एकीकृत समाजवादीका मेटमणि चौधरी विजयी

दाङ । दाङ–१ बाट नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी विजयी भएका छन् ।उनले नेकपा एमालेकी उम्मेदवार शान्ता चौधरीलाई ५ हजार ८४ मतले पराजित गर्दै जित हासिल गरेका हुन् । मेटमणिले २६ हजार ५६३ मत पाउँदा...