राजु गुरुङको रिट न्यायाधीशद्वय माथेमा र रेग्मीको संयुक्त इजलासमा
काठमाडौं । रुपन्देही क्षेत्र नम्बर २ का गठबन्धन उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज पेसी तोकिएको छ ।
रिट न्यायाधीशद्वय सुष्मालता माथेमा र कुमार रेग्मीको संयुक्त इजलासमा परेको छ । असोज...
दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई सशस्त्र प्रहरीको मृत्यु
काठमाडौं । दाङको देउखुरी क्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरीका दुई जनाको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–३ मुसरियामा शुक्रबार राति करिब १० बजे लु ४० प ४९२२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार...
रुपन्देहीमा डेंगुको संक्रमण बढ्दै
साउन २६,रुपन्देही ।
रुपन्देहीमा डेंगुको संक्रमण बढ्दै गएको छ । गतवर्षको तुलनामा यो वर्ष डेंगुका बिरामी धेरै देखिएका छन् ।
आर्थिक वर्ष २०७८–०७९ मा दुई सय ६९ डेंगुका बिरामी भेटिएका थिए । गत आवमा ४६ जनामा...
ठगी गरेको आरोपमा बुटवलको कल सेन्टरबाट १५० जना युवायुवती पक्राउ
साउन ०८,बुटवल।
ठगी गरेको आरोपमा बुटवलको एक कल सेन्टरबाट १५० जना पक्राउ परेका छन्। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ मा संचालित कल सेन्टरले ठगी कार्य गरेको भन्दै उनीहरुलाई पक्राउ गरेको हो।
३ वटा फ्ल्याट...
लुम्बिनी सरकारले २३ दिनमा ७ अर्ब बढी गर्यो बजेट खर्च
असार २५,काठमाडाैं ।
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्षको अन्तिम महिनाको २३ दिनमा मात्रै ७ अर्ब ४३ करोड बढी खर्च गरेको छ ।
जेठ मसान्तसम्म १८ अर्ब ५६ करोड अर्थात ४५.३३ प्रतिशत खर्च गरेको सरकारले असारको २३...
लुम्बिनीको ४२ अर्ब ६३ करोड ५७ लाखको बजेट
असार ०१, रुपन्देही ।
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष ०७९/०८० का लागि रु ४२ अर्ब ६३ करोड ५७ लाखको बजेट सार्वजनिक गरेको छ । आज बसेको प्रदेशसभाको बैठकमा आर्थिक ममिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले...
लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री वली प्रहरीकाे नियन्त्रणमा,अर्काकी श्रीमती कुटपिट गरेको आरोप
जेठ ३१, काठमाडौं ।
लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मंगलबार बिहान तुलसीपुर उपमहानगरपालिका -५ बसपार्कको लालुमण्डीको पछाडी बस्ने मीना भण्डारी बस्नेत र उनकी छोरीलाई घरभित्रै पसेर कुटपिट गरेको आरोपमा मन्त्री...
लुम्बिनीमा मोदी आएपछि २ सातामै १२ हजार भारतीय पर्यटक आए
२४ जेठ,भैरहवा ।
कोभिडले शून्य अवस्थामा पु-याएको लुम्बिनीको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिदै गएको छ । पछिल्लो समय आन्तरिक पर्यटकले भरिभराउ भएको लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउने क्रम बढेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले...
रुपन्देहीको मर्चवारी पालिका अध्यक्ष र उपाध्यक्षमा जनता प्रगतिशील पार्टी विजयी
जेठ ०७,भैरहवा ।
रुपन्देहीको मर्चवारी गाउँपालिका अध्यक्षमा जनता प्रगतिशील पार्टीका गया बरई निर्वाचित भएका छन् । ४ हजार ३ सय ८५ मत प्राप्त गर्दै बरई निर्वाचित भएका हुन् ।
उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका ज्ञान प्रकाश मिश्रले...
भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा, देउवाले गरे स्वागत
जेठ ०२, लुम्बिनी
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा भर्खरै यहाँ आइपुगेका छन् । भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट केहीबेर अघि ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी यहाँ आइपुगेका हुन् ।
यहाँस्थित अन्तरराष्ट्रिय बौद्ध...