काठमाडौं । काभ्रे क्षेत्र नम्बर २ मा नेकपा (एमाले)का गोकुल बाँस्कोटाको जित निश्चित भएको छ ।
५००९ मतगणना हुन बाँकी रहँदा बाँस्कोटाले ५७१८ मतान्तरसहित जित सुनिश्चित गरेका हुन् ।
बेथानचोक, बनेपा पनौतफ, भुम्लु मन्डनदेउपुर, पाँचखाल, धुलिखेलका ३ वडाको मत गणना भइसक्दा बाँस्कोटाले ४३ हजार ६८१ मत पाएका छन् भने कांग्रेसका शिव हुमागाईँले ३७ हजार ९६३ मत ल्याएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईं ९४७८ मतका साथ तेस्रो स्थानमा छन् भने यसु आले मगरले १४२२ मत पाएका छन् ।