धनकुटा। धनकुटा क्षेत्र नम्बर– १ मा नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार राई विजयी भएका छन्।
राई ३० हजार १०१ मत ल्याएर विजयी भएका हुन्। नेपाली कांग्रेसका उम्मेदवार सुनीलबहादुर थापाले भने २८ हजार ७०४ मत ल्याए।
यी दुई उम्मेदवारहरुबीच १ हजार ३८७ मतान्तर रह्यो। यस्तै स्वतन्त्र उम्मेदवार हेमराज भण्डारीले ५ हजार ९२६, राष्ट्रिय प्रजातन्त्र पार्टीका कुमार बहादुर थापाले १ हजार ५९ मत ल्याए।