मतगणना नसकिँदै गगन थापा विजयी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा प्रतिनिधिसभा सदस्य पदमा विजयी हुने निश्चित भएको छ ।

मत गन्न बाँकी रहँदै उनी काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ बाट निर्वाचित हुने पक्का भएको हो । अब उनको निर्वाचन क्षेत्रमा पर्ने काठमाडौं महानगरपालिका–३० को मत गन्न बाँकी छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार थापा उनका निकटतम प्रतिस्पर्धी एमालेका राजन भट्टराईभन्दा पाँच हजार ९५२ मतान्तरले अगाडि छन् । अब काठमाडौं–३० को चार हजार ८८१ मत मात्र गन्न बाँकी छ । अर्थात्, गन्न बाँकी पूरै मत भट्टराईलाई गए पनि थापा विजयी हुने देखिन्छ ।

हालसम्म थापाले १८ हजार ९७५ मत पाएका छन् । भट्टराईले भने १३ हजार २३ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here