प्रचण्ड सहभागी कार्यक्रमस्थल नजिकै बम विस्फोट

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहभागी कार्यक्रमस्थल नजिकै बम विस्फोट भएको छ ।

भोजपुरको पौवादुङ्मा गाउँपालिकास्थित तिवारीभञ्ज्याङमा आयोजित चुनावी सभास्थल नजिकै बम विस्फोट भएको प्रदेश १ प्रहरी कार्यालयका एसपी नवीनराज राईले जानकारी दिए । उक्त सभालाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस प्रवक्ता रामशरण महतले सम्बोधन गर्दैछन् ।

बम विस्फोट भएपनि कुनै मानवीय क्षति भने भएको छैन । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here