डर, त्रास, धम्की र प्रलोभनमा नपरी मतदान गर्न सबै मतदातालाई आयोगको आह्वान

काठमाडौं । निर्वाचन आयोगले कसैको डर, त्रास, धाक, धम्की वा कुनै पनि किसिमको प्रलोभनमा नपरी मतदान गर्न सबै मतदाताहरुलाई आह्वान गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंगलबार यस्तो आह्वान गरेका हुन् । उनले सबै मतदाताको आफ्नो प्रतिनिधि गोप्य रुपमा छान्ने अधिकार रहेको स्पष्ट पार्दै त्यस विपरित मतदान कार्यमा सहभागी हुने मतदातामाथि निर्वाचन कानून बमोजिम कारबाही हुने चेतावनीसमेत दिए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले मत संकेत गरीसकेको मतपत्रको गोपनियता भंग गरिए सो मतपत्र नै गणना नहुनेतर्फ पनि सचेत गराए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले अतिरिक्त मतपत्रको गोप्यता भंग हुँदा व्यक्तिको सामाजिक जीवनमासमेत अफ्ठ्यारो पर्नसक्ने खतरा रहेको बताए।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here