हाम्रो संकल्प १५ वर्षसम्म गठबन्धन कायम राखेर लैजाने छः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन १५ वर्षसम्म कायम रहने बताएका छन्। मंगलबार सुर्खेतको मेहलकुनामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले सो कुरा बताएका हुन्।

गठबन्धन शान्ति सम्झौताकै निरन्तरता भएको बताउँदै प्रचण्डले देशमा राजनीतिक परिवर्तन अनुकूल आर्थिक सम्बृद्धि नभएसम्म गठबन्धन कायम रहने बताए। प्रचण्डले भने, ‘हाम्रो संकल्प १५ वर्षसम्म गठबन्धन कायम राखेर लैजाने छ।’

प्रचण्डले परिवर्तनको रक्षाका लागि यो गठबन्धन भएको बताए। उनले संविधानको रक्षा र शान्ति प्रक्रियाका बाँकी काम र सम्बृद्धिको लागि गठबन्धनको आवश्यक रहेको पनि बताए। उनले भने, ‘गठबन्धन १५ वर्ष जाने छ र देशमा शान्तिको नयाँ युगको सुरुवात हुने छ।’ यस्तै उनले वामपन्थीको गोलभित्र अहङ्कारी केपी ओलीको उदयले बाम गठबन्धन टुटेको बताए। उनले अब ओलीसँग सहकार्य नहुने उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here