सुकुम्बासी बस्तीमा डोजर चलाउनु हुँदैनः नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सुकुम्बासी बस्तीमा डोजर चलाउनु नहुने बताएका छन् ।

उनले आज (आइतबार) थापाथलीस्थित सुकुम्बासी बस्तीमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनी सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र १ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार समेत हुन ।

सुकुम्बासी बस्ती हटाउन अमानवीय रुपमा जबरजस्ती गर्नुनहुने उनले बताए । उनले सरकारले सुकुम्बासीहरुको समस्या समाधान गर्नका लागि सरकारले भूमि आयोग गठन गरेको समेत उल्लेख गरे । आयोगको प्रतिवेदन आएपछि सरकारले बनाउने नीति र कार्यक्रम लागू गराउन आफू प्रतिवद्ध रहेको समेत उनले बताए ।

नेता सिंहले अव्यवस्थित बसोवास हटाउने हो भने सरकारले निश्चित कार्यक्रम ल्याउनुपर्ने बताए । उनले अव्यवस्थित बसोवासको समस्या समाधान गर्न सरकार र सुकुम्बासीहरु दुवै पक्षलाई सहज हुनेगरी काम गर्नुपर्ने बताए । उनले निर्वाचनपछिको संसदबाट देशको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउनका लागि आवश्यक कानूनको सुधार तथा परिमार्जन गरिने बताए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here