माओवादीले हरिवनमा बन्द गरेको राजमार्ग ३ घण्टापछि खुल्यो

सर्लाही । नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताले सर्लाहीको हरिवनमा गरेको पूर्वपश्चिम राजमार्गको अवरोध खोलेका छन् ।

हरिवन नगरपालिका ११ स्थित कडरिचाेकमा माओवादी केन्द्रका नेता कार्यकर्ताहरुले बन्द गरेकाे पूर्वपश्चिम लाेकमार्ग करिब ३ घण्टापछि खुलेकाे हो ।

दुई दिन पहिला नेकपा माओवादी केन्द्र सर्लाही ३ की समानुपातिकतर्फकी उम्मेदवार माया बलमाथि आफूलाई नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता बताउने हरिकृष्ण पाैडेलले ढुंगामुढा प्रहार गरेका थिए ।

चुनाव प्रचार प्रसारमा प्रयाेग भएको स्कार्पियाे गाडीमाथि ताेडफाेड गरेपछि ईलाका प्रहरी कार्यालय हरिवनले पाैडेललाई नियन्त्रणमा लिएको थियाे ।

तर शनिबार ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरीक्षक मुकेश ताम्राकारले दुई पक्षबीच छलफल नै नगराई पाैडेललाई रिहा गरेका थिए ।

त्यसपछि आफूहरसँग समन्वय नगरी पाैडेललाई छाडिएको विषयमा आपत्ति जनाउँदै सर्लाही ३ की समानुपातिक उम्मेदवार बलकाे नेतृत्वमा माओवादी केन्द्रका नेता कार्यकर्ताहरुले सडकमा शान्तिपूर्ण चक्काजाम गरेका थिए ।

माओवादी केन्द्र नेता कार्तकर्ताहरुकाे चक्काजाम पछि ईलाका प्रहरी कार्यालय हरिवनले पाैडेललाई फेरि नियन्त्रणमा लिएपछि चक्काजाम खाेलिएकाे माओवादी केन्द्रका नेताहरुले बताएका छन् ।

आइतबार बिहान साढे ९ बजेदेखि शुरु भएको चक्काजाम करिब १२ बजे माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुले खुलाएका हुन् ।

उनीहरुले सडकमै धर्ना दिएर दाेषीलाइ यथाशीघ्र नियन्त्रणमा लिन दबाब दिए पछि पाैडेललाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको प्रहरीले जनाएको छ । दाेषीलाई कानून बमोजिम कारबाही गर्नुपर्ने उनीहरुको माग छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here