काठमाडौं। विप्लव नेतृत्वको नेकपाले निर्वाचन विरोधी कार्यक्रमको घोषणा गरेको छ। मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर सो पार्टीले चुनाव विरोधी प्रचारात्मक कार्यक्रमको घोषणा गरेको हो।
पार्टीले चुनाव विरोधी प्रचारात्मक कार्यक्रमको घोषणा गर्ने र राज्यले दमन गरेमा उचित प्रतिरोध गर्ने घोषणा गरेको हो। त्यस्तै, पार्टीले मंसिर ४ गतेको संघ र प्रदेशको निर्वाचनलाई पार्टीले सशक्त प्रकारले खारेज गर्ने निर्णय गरेको छ।
खारेज अभियानलाई प्रभावकारी बनाउन देशव्यापी रुपमा चुनावको भण्डाफोर, वालिङ, पर्चा वितरण, जुलुस र सभाहरूको व्यापक आयोजना गर्ने नेकपाको निर्णय छ। यसबाहेक जनतालाई चुनावमा भाग नलिन अपिल गर्ने निर्णय समेत गरेको छ।