आयोगको निर्णयविरुद्ध तोसिमाद्वारा सर्वोच्चमा रिट दायर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सदस्य डा. तोसिमा कार्कीले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् ।

ललितपुर–३ मा उम्मेदवार बनेकी कार्कीको उम्मेदवारी आयोगले खारेज गरिदिएपछि सोमबार कार्कीले सर्वोच्चमा रिट दायर गरेकी हुन् । प्रारम्भीक सुनुवाइका लागि मंगलबारलाई पेसी तोकिएको छ ।

कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भई लाभको पदमा बहाल रहेको पुष्टि भएकाले निजको उम्मेदवारी अयोग्य कायम गरिएको आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here