अबको प्रधानमन्त्री प्रचण्ड हो : बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले आगामी चुनावपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बन्ने बताएका छन् । आइताबार गोरखा क्षेत्र नम्बर २ मा भएको चुनावी कोण सभालाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले यस्तो बताएका हुन् ।

‘प्रचण्ड दुई पटक प्रधानमन्त्री भइसक्नुभएको छ । उहाँ सुयोग्य व्यक्ति हो, अबको सरकार पाँच वर्ष गठबन्धनले चलाउँछ । अबको प्रधानमन्त्री प्रचण्ड हो ।’ उनले भने, ‘सुरेन्द्र पाण्डे भोलिको मुख्यमन्त्री हो। यही क्षेत्रले प्रधानमन्त्री र मुख्यमन्त्री पाइसकेपछि विकासका सपना कसरी पूरा नहोलान् र ?’

भट्टराई शनिबारदेखि नै गोरखामा प्रचण्डलगायत सत्ता गठबन्धनका उम्मेदवारसँगै चुनावी प्रचारमा छन्।

माओवादी अध्यक्ष दाहाल प्रतिनिधिसभा र कांग्रेसका पाण्डे प्रदेशसभा सदस्यमा गोरखा २ बाट आगामी मंसिर ४ मा निर्वाचनमा उठेका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here