मनकामना दर्शनका लागि यात्रु लिएर जाँदै गरेको बस दुर्घटना, पाँच जनाको मृत्यु

काठमाडौं । मनकामना दर्शनका लागि यात्रु लिएर जाँदै गरेको बस दुर्घटनामा परेको छ। दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।

पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीबाट मनकामना दर्शनका लागि यात्रु लिएर जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस पूर्व नवलपरासीको बुलिङटार गाउँपालिका–२ मथारमा दुर्घटनामा परेको हो।

दुर्घटनामा परी घाइते भएका २३ जना उद्धार गरिएको छ। प्रहरी चौकी बुलिङटारका अनुसार दुर्घटनामा पाँच जनाको शव भेटिएको र अन्यको खोजी भइरहेको छ।

बस सडकबाट झण्डै एकसय मिटर तल खसेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here