कांग्रेसले सोमबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले चुनावी घोषणापत्र सोमबार सार्वजनिक गर्ने भएको छ ।

सोमबार सभापति शेरबहादुर देउवाले सङ्कल्प पत्र सार्वजनिक गर्ने कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

‘प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन — २०७९ नेपाली कांग्रेसको सङ्कल्प पत्र नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाबाट २०७९ कार्तिक ६ गते सार्वजनिक गरिने भनिएको कार्यक्रम भोलि २०७९ कार्तिक ७ गते बिहान १०ः३० बजे हुने भएको व्यहोरा यसै विज्ञप्ति मार्फत जानकारी गराइन्छ’, पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here