काठमाडौं । आज आइतबार नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ। आज नेप्से १४.३५ अंकले बढेर १ हजार ८५८.४९ अंकमा पुगेको छ।
आज होटल तथा पर्यटन र म्यूचुअल फण्ड बाहेक सबै समूहको शेयर बढेकोमा बीमा, माइक्रोफाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अंकले बढेको छ।
२२१ वटा कम्पनीका १५ लाख ३८ हजार कित्ता शेयर ५१ करोड ६८ लाख रुपैयाँमा कारोबार भएका छन्। सबैभन्दा धेरै एभरेष्ट बैंकको पाँच करोड १६ लाख रुपैयाँको शेयर किनबेच भयो।
आज रुरु जलविद्युत् आयोजना र सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर १० प्रतिशतले बढेको छ। समग्रमा बजार बढे पनि सिटिजन म्यूचुअल फण्ड टू को शेयर नौ प्रतिशत भन्दा धेरैले घटेको छ।