आँखा अस्पताललाई एभरेष्ट बैंकको सहयोग

काठमाडौं । एभरेष्ट बैंकले बुधबार २८औं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा बैंकले प्रधान कार्यालयमा वृक्षरोपण तथा संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रम गरेको थियो ।
बैंकले सेवा अवधिको २५ वर्ष पूरा गरेका १० जना कर्मचारीलाई सम्मान समेत गरेको थियो ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल नेत्र ज्योति संघलाई डा रामप्रसाद पोखरेल आँखा अस्पताल धनकुटामा रहने गरी आँखा जाँच्ने मेशिन खरीद गर्न ४ लाख ८० हजार आर्थिक सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले नेपाल नेत्र ज्योति संघका बोर्ड सदस्य द्रोण गुरागाईंलाई कार्यक्रममार्फत सो चेक हस्तान्तरण गरे ।

बैंकले ललितपुरको टैखेलमा सोलार यात्रु प्रतीक्षालय निर्माणका लागि गोदावरी नगरपालिका वडा नम्बर ३ सँग सम्झौता गरेको छ । बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्मा र वडा कार्यालयको तर्फबाट अध्यक्ष सानु राजा घिमिरेले एक कार्यक्रमका बीच सो सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here