सर्लाहीमा लुटेरा समूहद्वारा दिन दहाडै लुटपाट,गोली लाग्दा केन्द्रका प्रमुख घाइते

सर्लाही । सर्लाहीको बागमतीस्थित मिलनचोकमा रहेको एक सहकारी संस्थाको सेवा केन्द्रमा दिन दहाडै लुटपाट भएको छ ।

बुधबार बिहान १० बजेतिर बागमती–१ मिलनचोकमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्रमा लुटपाट भएको हो । केन्द्रका प्रमुख लालबन्दी नगरपालिका–२ जुटपानी निवासी अन्दाजी ३० बर्षका साजन कार्कीमाथि लुटेरा समुहले गोली प्रहर गरी लुटपाट गरेको प्रहरीले जनाएको हो ।

बिहान १० बजेतिर आएका तीन जनाले कार्कीलाई पैसा दिन धम्क्याएका थिए । प्रतिकार गरेपछि लुटेरा समुहले गोली प्रहार गरेको घाइते कार्कीलाई उदृत गर्दै सहकारीका अध्यक्ष केशव ढकालले जानकारी दिए । घाइते कार्कीका अनुसार लुटेराहरू भारतीय नम्बर प्लेटकाे मोटरसाइकलमा आएका थिए ।

कार्कीलाई चार वटा गोली लागेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । लुटेरा समूहले चलाएको गोली कार्कीको पाखुरा, तिघ्रा, कुम र कोखामा लागेको छ । गोली लागेका कार्कीलाई हरिवनस्थित सरस्वती अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि काठमाडाैं रेफर गरिएको अस्पतालका डाक्टर राजिव साहले बताए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here