संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि मतदान गर्न गठबन्धनको अपील

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलहरूले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धनमा अवद्ध दलहरूलाई मतदान गर्न संयुक्त अपील गरेको छ । गठबन्धनमा आवद्ध दलका नेताहरूको हस्ताक्षरसहित मंगलबार विज्ञप्तिमार्फत यस्तो अपील गरिएको हो ।

अपीलमा भनिएको छ, ‘आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा हामी सहभागी हुँदैछौँ । नेपालको संविधान-०७२ ले परिकल्पना गरेअनुरुप राष्ट्रियता, प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, समाजवाद, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, शक्ति पृथकीकरणको सिद्धान्त र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्न वर्तमान चुनावी गठबन्धन दलहरु प्रतिबद्ध रहेका छौँ । लोकतान्त्रिक गठबन्धनको यो नै साझा र प्रष्ट बैचारिक धरातल र सहकार्यको आधार हो ।’

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here