धनगढी । नेकपा एमालेले पाँच जना नेतालाई पार्टीबाट निष्काशन गरेको छ। पार्टीका आधिकारीक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने पाँच जनालाई पार्टीबाट निष्काशन गरेको हो।
निष्काशनमा पर्नेमा सुदूरपश्चिम प्रदेश कमिटी सदस्यहरु टेकबहादुर हमाल, खेम सुवेदी, केन्द्रीय सल्लाहकार परिषद् सदस्य भक्तबहादुर अधिकारी, राष्ट्रिय मुक्ती समाजका केन्द्रीय सदस्य विजयसिंह मयाल र टेकबहादुर साउँद रहेको एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकले जानकारी दिए।
प्रदेश समिति सदस्य सुवेदीले कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १, मयालले प्रतिनिधिसभा सदस्यका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर १, अधिकारीले क्षेत्र नम्बर १ को प्रदेशसभा (१), हमालले कञ्चनपुर २ को प्रदेशसभा (१) साउदले कञ्चनुर क्षेत्र नम्बर १ को प्रदेशसभा (२) र मा बागी उम्मेदवारी दिएका थिए।