काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले आफूलाई पराजित गर्न नसक्ने भएपछि अध्यक्ष केपी शर्मा ओलीले टिकट नदिएको आरोप लगाएका छन्। बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै नेता राववले सो आरोप लगाएका हुन्।
प्रतिनिधि सभाको निर्वाचनमा अछाम १ बाट एकल सिफारिस भए पनि पार्टीले टिकट नदिएपछि रावलले पत्रकार सम्मेलन गर्दै आफूलाई हराउन नसक्ने भएपछि अध्यक्ष ओलीले चुनावको टिकट नदिएको बताएका हुन्।
आफू अछाममै रहेको बेला टिकट नदिने कुरा आए पनि धैर्यतापूर्वक पार्टीको औपचारिक निर्णयको प्रतिक्षा बसेको तर, अध्यक्ष ओली निकटका मानिसहरुबाट अछाममा मैले चुनाव जित्ने वा हार्ने स्थितिबारे सोधखोज गर्दा हराउन नसकिने निष्कर्षमा पुगेपछि आफ्नो उम्मेदवारी नै रोकेको कुरा पनि सुनिएको रावलको भनाई छ।