मधेश प्रदेशको लोकसेवाले ११ उपसचिवका लागि खुलायो विज्ञापन

काठमाडौं । प्रदेश लोकसेवा आयोग मधेश प्रदेशले प्रदेश निजामति सेवाका अधिकृत नवौं तह (अप्राविधिक/प्राविधिक) पदको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन सार्वजनिक गरेको छ ।

बिहीवार आयोगले रिक्त रहेका पदहरूको पदपूर्तिका निम्ति विज्ञापन खुलाएको हो । आयोगले अप्राविधिकतर्फ अधिकृत नवौँ तहमा खुल्लामा १ जना र अन्तरसेवामा १ जना मागेको छ ।

यस्तै प्राविधिक अधिकृत नवौं तहको स्वास्थ्य सेवा बाहेकको सेवा तर्फ विभिन्न सेवा, समूह तथा उपसमूहमा ५ जना खुल्ला माग गरेको छ ।

यस्तै सोही तहको स्वास्थ्य सेवातर्फ विभिन्न पद, समूह र उपसमूहमा ४ जना माग गरेको छ । आवेदन कात्तिक १६ गतेसम्ममा दिइसक्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here