नेपालमा थपिए ६३ कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९४१ जनाको पिसिआर र एक हजार ५९४ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएका सँगै देशभर १ हजार ४ जना सक्रिय संक्रमित रहेका छन् । आज १०३ जना संक्रमण मुक्त भएका छन् । आज कसैको मृत्‍यु भएको छैन ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here