काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी १० वर्षमात्र सक्रिय राजनीति गर्ने घोषणा गरेका छन्। शुक्रबार काठमाडौँको चावहिलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले सो घोषणा गरेका हुन्।
पूर्वमन्त्री समेत रहेका थापाले अबको १० वर्षमा आफू ५५ वर्षको हुने र त्यसपछि सक्रिय राजनीतिबाट बिदा लिएर आराम गर्ने घोषणा गरेका हुन्। ‘मसँग जम्मा १० वर्ष छ, सक्रिय राजनीति गर्ने १० वर्ष हो। त्यसपछि सक्रिय राजनीति गर्दिनँ। दुईवटा राम्रो काम गर्न सके पुग्छ। सबै कार्यकर्तालाई निराश पार्दिनँ। ५५ वर्षसम्म मात्र सक्रिय राजनीति गर्छु। म निराश बनाउदिनँ।’
त्यस्तै, महामन्त्री थापाले अहिले पार्टीभित्र विद्रोह गर्नुपर्ने अवस्था आएको स्पष्ट पारेका छन्। पार्टीभित्र एक पक्षले अर्को पक्षलाई अन्याय गरेको बताउँदै त्यसलाई परास्त गर्न विद्रोह गर्न आवश्यक रहेको बताएका छन्।