रवीन्द्र मिश्र काठमाडौं १ बाटै चुनाव लड्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्यका लागि काठमाडौं क्षेत्रनम्बर १ बाटै चुनाव लड्ने भएका छन् ।

उनले एक कार्यक्रम आयोजना गर्दै आफ्नो उम्मेदवार घोषणा गर्ने तयारी गरेका छन् ।

शुक्रबार दिउँसो साढे १२ बजे थापागाउँस्थित बानेश्वर ब्याङक्वेटबाट उम्मेदवारी घोषणा गर्ने कार्यक्रम रहेको छ । उनले ट्वीटरमार्फत उक्त जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here