काठमाडौं । चर्चित हिमाल आरोही हिलारी नेल्सनको शव मनास्लु हिमालमा भेटिएको छ। गत सोमबार बिहान आफ्ना साथीसँग मनास्लुको चुचुरोमा पुगेकी हिलारीको शव गोरखाको मनास्लु हिमालमा भेटिएको हो।
हिमाल आरोहण गरि स्की गरेर फर्किने बेलामा उनी खोंचमा खसेर हराएकी थिइन्। ४९ वर्षीया नेल्सन २ हजार फिट गहिरो खोंचमा परेकी थिइन्। सांग्रिला नेपाल ट्रेकमार्फत् नेल्सनको मनास्लु आरोहणमा गएकी हिलारीका शव बुधबार बिहान फेला परेको ट्रेकका प्रमुख जीवन घिमिरेले जानकारी दिए।
नेल्सन दुई दशकदेखि हिमाल आरोहणमा संलग्न थिइन्। विभिन्न १६ मुलुकमा उनले ४० वटा आरोहण गरेकी थिइन्।
अमेरिकाको सियाटलमा जन्मिएकी हिलारीलाई सन् २०१८ मा नेसनल जोग्रोफिकले साहसी खेलाडीको सूचीमा राखेको थियो।