काठमाडौं । गाडीको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। धादिङको गजुरी बजारमा गाडीको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु भएपछि स्थानीयबासिन्दा र विद्यार्थीले प्रदर्शन गर्दा राजमार्ग अवरुद्ध भएको हो।
गजुरी बजारको आदर्श माध्यामिक विद्यालयमा अध्ययनरत एक जना विद्यार्थीलाई बाटो काट्ने क्रममा जेब्राक्रसमै गाडीले ठक्कर दिएको हो। गाडीको ठक्करपछि विद्यार्थीको मृत्यु भएपछि आक्रोशित स्थानीयबासिन्दा र विद्यार्थीले ठक्कर दिने गाडीमा तोडफोड गरेका छन्।
प्रदर्शनकारीहरुले सडकमै शव राखेर प्रदर्शन गरिरहेका छन्।