सानिमा बैंकको क्यास डिपोजिट मेशिन सुविधा सञ्चालनमा

काठमाडौ । सानिमा बैंकले ग्राहकको सुविधाका लागि क्यास डिपोजिट मेशिन सञ्चालनमा ल्याएको छ । उक्त मेशिनबाट ग्राहकले आफैले नै खातामा रकम जम्मा गर्न सक्ने उल्लेख छ ।

यस सुबिधाबाट ग्राहकलाई काउन्टरमा लाइन बस्न पर्ने झन्झटबाट मुक्त तथा समयको बचत हुने बैंकले विश्वास लिएको छ ।

हाल उक्त मेशिनबाट ग्राहकले ५ सय र १ हजार रुपैयाका दरका १ लाख रुपैया भन्दा कम नेपाली नोट रकम जम्मा गर्न सक्ने बैकले जनाएको छ । त्यसरी रकम जम्मा भएपछि ग्राहकले जम्मा रसिद प्राप्त गर्नेछन् ।

हाल यो सुबिधा बैंकको केन्द्रिय कार्यालय, नक्सालबाट मात्रै प्राप्त हुनेछ । बैंकको देशभर १ सय २७ कार्यालय र १ सय वटा एटिएम संजाल संचालनमा रहेकोे पनि बैकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here