अस्थायी मतदाता नामावली संकलन गर्दै आयोग

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन प्रयोजनका लागि अस्थायी मतदाता नामावली संकलनको तालिका सार्वजनिक गरेको छ । मंसिर ४ मा हुने निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचन कार्यक्रमका लागि अस्थायी मतदाता नामावली संकलन हुन लागेको आयोगले जनाएको छ ।

मंगलबार आयोगले सार्वजनिक गरेको अस्थायी मतदाता नामावली संकलनसम्बन्धी कार्यक्रममा असोज ६ देखि ८ गतेसम्म अस्थायी मतदाता नामावली कार्यक्रम सञ्‍चालन गरिनेछ । नेपाल सरकार, प्रदेश सरकार,स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्वमा वा नियन्त्रणमा रहेका संस्थामा कार्यत कर्मचारी, व्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा र कैदी, निर्वाचन खटिने कर्मचारी र सुरक्षाकर्मी अस्थायी मतदाताका रुपमा सूचीकृत हुन पाउनेछन् ।

यसैगरी, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले सञ्‍चालन गरेको वा नेपाल सरकार,प्रदेश सरकार वा स्थानीय तहको स्वीकृति लिइ सञ्‍चालन भएको वृद्धाश्रममा बसेका व्यक्तिहरुलाई अस्थायी मतदाता नामावलीमा सूचीकृत गरिने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here