प्रधानन्यायाधीश राणा आज सर्वोच्च जाने

असोज ०२,काठमाडौैं ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा सर्वोच्च अदालत जाने भएका छन् । उनी बिहान करिब १० बजे हाजिर हुने तयारीका साथ सर्वोच्च जान लागेका हुन् ।

स्रोतका अनुसार राणाले सर्वोच्च अदालत प्रशासनलाई यस बारेमा हिजै शनिबार जानकारी गराइसकेका छन्, र आज बिहान उनी सर्वोच्च अदालत फर्कर्नेछन् ।

राणा स्वयंले सर्वोच्चका कामु मुख्य रजिष्ट्रार नारायण पन्थीलाई फोन गरेर आफू नियमित काममा फर्कन लागेकाले आवश्यक तयारी गर्न निर्देशन दिएको स्रोतले बताएको छ ।

प्रतिनिधि सभाको महाभियोग सुनुवाई समितिले राणाका सम्बन्धमा प्रतिवेदन हिजो सभामुख अग्नि सापकोटालाई बुझाएको थियो जसमा राणा विरुद्ध महाभियोग लगाउन उपयुक्त हुने सुझाव दिएको थियो ।

तर प्रतिनिधि सभाको कार्यकाल हिजै समाप्त भएकाले महाभियोगका सम्बन्धमा संसदमा छलफल र मतदान हुन सकेन । आज आइतबारदेखि सर्वोच्च फर्कने तयारी भएसँगै सर्वोच्च प्रशासन, न्यायाधीशहरु र बारका पदाधिकारीबीच छलफल तिब्र भएका छन् ।

नेपाल बार एसोसिएसनका पदाधिकारीहरु पनि जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने तयारीमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here