भदौ ३१,काठमाडौं ।
काठमाडौं महानगरपालिकाले काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा रहेका अनधिकृत संरचना हटाएको छ ।
यसअघि सूचना दिँदा पनि अनधिकृत संरचना नहटाएपछि शुक्रबार डोजर लगाएर नै हटाइएको महानगरले जनाएको छ ।
सो क्रममा नक्सा पास नभएका संरचना पनि महानगरले भत्काएको छ भने पार्किङ उल्लेख गरेर नक्सापास गरेपनि अन्य प्रयोजन भएका स्थानमा पनि डोजर लगाएको छ ।
डोजर लगाउने क्रममा केहि घरधनीहरुले विरोध गरेका थिए । महानगरपालिकाले काठमाडौंका बिभिन्न स्थानमा निरन्तर रुपमा अनधिकृत संरचना हटाउँदै आएको छ ।