काठमाडौं महानगरमा शनिबारदेखि धूम्रपान निषेध,नियम उल्लंघन गरे हुन्छ यस्तो सजाय

भदौ ३०,काठमाडौं ।

काठमाडौं महानगरपालिकाले सार्वजनिक क्षेत्रभित्र धुम्रपान निषेध गर्ने भएको छ। महानगरले बिहीबार एक सूचना निकालेर आगामी असोज १ गतेदेखि धुमपान निषेध गर्ने भएको हो।

असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी गुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न प्रतिबन्ध लगाउने सूचनामा उल्लेख छ।

त्यस्तै, महानगरले सार्वजनिक स्थललाई धुमपान र सुर्तीजन्य पदार्थमुक्त क्षेत्र घोषणा गर्ने प्रयासलाई सहयोग गरिदिन पनि सबैसँग आग्रह गरेको छ। कानुन, सदाचार र सार्वजनिक हित तथा भलाइका हिसाबले काठमाडौँ महानगरपालिकालाई धुमपान तथा सुर्तीजन्य पदार्थमुक्त क्षेत्र बनाउनको लागि जारी भएको सूचना अटेरी गर्नेलाई कारबाही र जरिवाना तिराइने समेत सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here