जनताको चाहना देशको चाबी माओवादीको हातमा होस् : प्रचण्ड

भदौ ३०,काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको चाबी माओवादीको हातमा होस् भन्ने जनताको चाहना रहेको बताएका छन् ।

पोस्टबहादुर बोगटीको स्मृति दिवसमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय तहको निर्वाचनबाट देशको चाबी माओवादीको हातमा होस् भन्ने चाहना जनताले देखाएको दाबी गरेका हुन् ।

तर, यसका लागि माओवादीका नेताहरुबीचको एकता आवश्यकता पर्ने प्रचण्डको भनाइ छ । गत स्थानीय तह निर्वाचनमा आन्तरिक रुपमा एकता हुन नसक्दा नतिजा राम्रो आउन नसकेको बताएका उनले आसन्न निर्वाचनमा नेताहरु एकजुट भएर जानुपर्ने बताए ।

देशको राजनीति आफूमा केन्द्रित हुने गरेकाले कहिलेकाहीँ आफू सौभाग्यशाली हुँ कि अभागी भन्ने लाग्ने गरेको प्रचण्डको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here