थप ११९ जनामा काेराेना संक्रमण

भदौ २९,काठमाडौं ।

पछिल्लाे २४ घण्टामा थप ११९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ८४ जनाकाे नमूना परीक्षण गर्दा साे संख्यामा काेराेना पुष्टि भएकाे हाे ।

यो अवधिमा देशभर १३० जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल दुई हजार १९१ संक्रिय संक्रमित रहेकाे मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here