धरानका मेयर हर्क साम्पाङको बाचा पूरा: धरानमा पानी ल्याउन सफल

भदौं २८,काठमाडौं ।

स्थानीय तह निर्वाचनको समयमा धरानमा पानीको समस्या समाधान गर्ने बाचा गरेका मेयर हर्क साम्पाङले अन्ततः धरानमा पानी ल्याएका छन् ।

मेयर निर्वाचित भएलगत्तै उक्त बाचा पूरा गर्न कस्सिएका साम्पाङले खर्दु र निशाने खोलाको पानी ल्याउन सफल भएका हुन् ।

उनले धरान ल्याइएको पानीको फोहोराको भिडियो सामाजिक सन्जालमा पोष्ट गर्दै खुसी साटेका छन् । ‘खर्दु र निशानेलाई मात्रै जोडेका छौं, सर्दु जोड्न बाँकी छ,’ उक्त भिडियोसँगै उनले लेखेका छन्, सर्दुसँग त झन् ठूलो आउने छ फोहोरा ।’

उक्त भिडियोमा मेयर साम्पाङसहित धरानवासी पानीको फोहोरामा भिज्दै गरेको देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here