गठबन्धनको बैठक बस्दै

भदौ २७,काठमाडौं ।
सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा विहान ८ बजे बस्न लागेको बैठकले सिट बाँडफाँटमा औपचारिक सहमतिको कार्यविधि तयार पार्ने एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।

खनालका अनुसार गठित कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनमाथि आज थप छलफल हुने छ ।

गठबन्धनमा कांग्रेसले १०० सिट दाबी गरेको छ भने माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी गरेका छन् । सबै दलहरू आफ्नो दाबीबाट पछि हट्न तयार नहुँदा समस्या भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here