एनसीसी बैंकका ग्राहकलाई मनकामना अस्पतालमा विशेष छुट

भदौ २४,काठमाडौं ।

एनसीसी बैंकले आफ्ना ग्राहकहरुलाई चितवनको भरतपुरमा अवस्थित मनकामना अस्पताल प्रा.लीमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ ।

सम्झौता अनुसार बैंकको भिसा डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले उक्त मनकामना अस्पतालमा ओपीडी चेकअप इन्भेस्टिगेशन (इन्डोस्कोपी, एक्स रे, युएसजी, प्याथोलोजी टेस्ट, जनरल वार्ड, क्याबिन बेड)चार्जमा १५ प्रतिशत र ओटी चार्ज, सिटी स्क्यान, आईसीयू, एनआईसीयू, एचडीयू र नर्सरीमा १० प्रतिशतसम्म छुट प्राप्त हुनेछ ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३७ एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्ष देखि आम नागरिकका माझ विश्वासिलो बैकिङ्ग सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रीय रुपमा सहभागी हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here