रहिनन् बेलायतकी महारानी एलिजावेथ

भदौ २४,एजेन्सी ।

बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधन भएको छ। ९६ वर्षको उमेरमा बिहीबार उनको निधन भएको बिबिसीले जनाएको छ ।

बकिङ्घम प्यालेसले स्कटल्यान्डमा रहेको बालमोरल क्यासलमा उनको निधन भएको पुष्टि गरेको छ । उनले बेलायतमा ७० वर्षसम्म शासन गरेकी थिइन् । उनी सन् १९५२ मा महारानी बनेकी थिइन्। अब उनका ७३ वर्षीय छोरा चार्ल्स बेलायतको नयाँ राजा बन्ने छन् ।

उनका श्रीमान राजकुमार फिलिपको सन् २०२१ अप्रिलमा निधन भएको थियो।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here