एमालेबाट अहिले पनि प्रतिगमनको खतरा छः मोहनविक्रम सिंह

भदौ २३,काठमाडौं ।

नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले नेकपा एमालेबाट अहिले पनि प्रतिगमनको खतरा रहेको बताएका छन्। बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले एमालेबाट अहिले पनि प्रतिगमनको खतरा रहेको भन्दै त्यसलाई परास्त गर्नु अपरिहार्य रहेको बताएका हुन्।

प्रतिगमनलाई परास्त गर्न पाँच दलीय गठबन्धन कायम राख्नु अपरिहार्य भएको भन्दै सिंहले भने, ‘गणतन्त्र, धर्म निरपेक्षता जस्ता महत्वपूर्ण उपलब्धिमाथि एमाले अध्यक्ष केपी ओलीले धावा बोलिरहेका छन्,’ सिंहले भने, ‘हिन्दु राष्ट्र कायम गर्ने लाइनमा ओली गएका छन्, यसलाई परास्त गर्न पाँच दल मिल्नुको विकल्प छैन।’

एमाले अध्यक्ष ओली राजावादीसँग मिलेर देशलाई हिन्दु राष्ट्र कायम गर्न तल्लीन रहेका सिंहको आरोप छ। त्यसका लागि ओलीले भारतसँग समेत गहिरो साँठगाँठ गरेको उनको आरोप छ।

अल्पमतमा परेपछि राजीनामा दिएर जनस्तरमा आफ्नो प्रभाव बढाउन छाडेर ओलीले कुर्चीमा रहि रहनका लागि दुई दुई पटक संसद विघटन गरेको उनको भनाई छ। ओलीको सोही कदमका कारण पाँच दलीय गठबन्धन बनेको बताउँदै महामन्त्री सिंहले यो गठबन्धन लक्ष्य सम्म पुग्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here