सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

भदौ २२, काठमाडौं।

सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक आज बुधबार पनि बस्दैछ ।

बैठक साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

बुधबारको बैठकले आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको लागि गठबन्धनका दलहरुमा सिट बाँडफाँटको अन्तिम टुंगो लगाउने बताइएको छ ।

बुधवार बस्ने बैठकले प्रतिवेदन बनाएर शीर्षस्थ दलमा बुझाउने तयारी गरेको बताइएको छ ।

एक महिनादेखि जारी छलफलले सिट र क्षेत्र बाँडफाँट टुंगो लाग्न सकेको छैन । गठबन्धनका नेताहरुले सहमति नजिक पुगेको दावी गरेपनि सबै बाँडफाँड टुंगिएको छैन ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here