सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

भदौ २०,काठमाडौं ।

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज बस्दैछ। आज दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो।

आजको बैठकमा गठबन्धनका दलहरुबीच आगामी चुनावका लागि २ दिन भित्र सीट बाडँफाँट टुंगो लगाउने तयारी भइरहेको छ। आज र भोलि कार्यदलको बैठक बसेर प्रतिवेदन बनाउने र कार्यदलले दुई दिनभित्र सबै टुंग्याएर शीर्ष नेतृत्व समक्ष पेस गर्ने संचारमन्त्री ज्ञानेन्द्र कार्कीले बताए।

त्यस्तै, शीर्ष तहको बैठक पर्सी बुधबार बस्ने भएको छ। यसअघि आइतबार बसेको गठबन्धन कार्यदलको बैठक ठोस निर्णय लिन सकेको थिएन।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here