विमलेन्द्र निधि समानुपातिकमा सिफारिस

भदौ १७,काठमाडौं ।
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको नाम समानुपातिक तर्फबाट सिफारिस भएको छ। धनुषा क्षेत्र नम्बर ३ कमिटीले निधीको एकल नाम समानुपातिकतर्फ सिफारिस गरेको हो।

अघिल्लो पटकको निर्वाचनमा निधि राजेन्द्र महतोसँग पराजित भएका थिए। २०७४ को निर्वाचनमा धनुषा ३ बाट उम्मेदवार बनेका निधी तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) का राजेन्द्र महतोसँग २ हजार ८७८ मतले पराजित भएका थिए। महतो ३० हजार ७२५ मत ल्याएर विजयी हुँदा निधीले २७ हजार ८४७ मत पाएका थिए।

यसपटक पनि आफू अनुकूल चुनावी परिणाम नआउने संकेत पाएपछि निधि समानुपातिकमा रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here