भदौ १६,काठमाडौं ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूलाई फेसबुकमा गाली गर्नेलाई जेल हाल्ने चेतावनी दिएका छन्। बिहीबार सामाजिक संजालमा एक पोस्ट गर्दै मेयर साम्पाङले आफूलाई फेसबुकमा गाली गर्नेलाई पत्ता लगाएर पक्राउ पूर्जी जारी गर्ने चेतावनी दिएका हुन्।
मेयर साम्पाङले लेखेका छन्, ‘फेसबुकमा गालि गलौज गर्ने जतिलाई पत्ता लगाएर पक्राऊ पूर्जी जारी गरिनेछ। अनि मानहानी र गालि बेइज्यतीको मुद्दा चलाइनेछ। यो देशमा एउटा सरकार पनि छ भन्ने नभुल्नु।’
सामाजिक संजालमा सक्रिया मेयर साम्पाङको पोस्टमा पछिल्लो समय आलोचना गर्नेहरुको संख्या बढ्दै गएको छ। उनले आफूलाई गाली गर्नेहरुलाई पत्ता लगाएर पक्राउ पूर्जी जारी गर्ने चेतावनी दिएका हुन्। उनको चेतावनीपछि पनि उनको पोस्टमा समर्थक तथा आलोचकहरुले कमेन्ट जारी राखेका छन्।