नागरिकता विधेयकबारे छलफल गर्न प्रधानमन्त्री देउवासहितका कांग्रेस नेताहरू शितल निवासमा

भदौ १३,काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवासहितका कांग्रेस नेता राष्ट्रपति कार्यलय शितल निवास पुगेका छन् ।

कंग्रेस सभापतिसमेत रहेका देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सोमबार दिउँसो शितल निवास पुगेका हुन् ।

नागरिकता विधेयककै कारण निर्वाचनको माहोल नबढेको निष्कर्षसहित कांग्रेसले राष्ट्रपतिलाई भेटेरै यसबारे छलफल गर्न लागेको हो । राष्ट्रिय सभाबाट विधेयक पारित भए पनि राष्ट्रपतिले ‘होल्ड’ मा राख्ने संकेत दिएपछि कांग्रेसले विधेयक प्रमाणीकरण गर्न पहल थालेको हो ।

यसअघि राष्ट्रपति भण्डारीले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर नेतृत्वको टोलीसँग शीतल निवासमा छलफल गरेकी थिइन् । राष्ट्रपतिले नागरिकता विधेयकमा आफ्नो कुनै स्वार्थ नरहेको जनाउँदै आफूले संविधानअनुसार विधेयक सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाएको स्पष्ट पारेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here