भदौ १२,एजेन्सी ।
भारतको नोएडाको सेक्टर ९३ए मा रहेको विवादास्पद ट्विन टावर भत्काइएको छ । करिब ३७०० किलो बारूदको सहयोगमा टावर भत्काइएको हो ।
एपेक्स र केएन नामका टावरहरू सुपरटेक बिल्डरले बनाएका हुन्। यी ३० तले भवनहरूलाई ट्विन टावर भनिन्थ्यो। उनको उचाइ ३२० फिटभन्दा बढी थियो। यी नोएडाको सघन जनसंख्या भएको क्षेत्रमा अवस्थित थिए।
सावधानीलाई ध्यानमा राख्दै यी भवन नजिकको सोसाइटीमा बसोबास गर्ने मानिसलाई विस्थापित गरिएको थियो ।