काठमाडौंमा अब मिचाहा वर्गलाई मोटाइरहन दिने छैनौं : बालेन शाह

भदौ १२,काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अब मिचाहा वर्गलाई अझै कानुन मिच्ने र अझ मोटाइरहने अवस्थामा रहन नदिने बताएका छन् ।

आइतबार बिहान एक विज्ञप्ति जारी गर्दै मेयर शाहले भनेका छन् – ‘सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी भएको अनधिकृत निर्माण कार्य तथा नक्सा स्वीकृती गर्दा भूइ तला वा बेसमेन्टलाई पार्किङ्गको प्रयोजन देखाएकोमा पछि अन्य व्यापारिक प्रयोजनमा लगाएको कार्य स्वतः गैरकानूनी छ । अब मिचाहा बर्गलाई कानून मिची रहन र अझ मोटाई रहन दिने छैनौं । आवश्यकता र औचित्यको आधारमा उचित समयमा नै कार्यकारिणी शक्तिको प्रयोग भएमा विधिको शासन स्थापित हुन्छ भन्नेमा हामी विश्वस्त छौं ।’

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here