भदौ ०९,काठमाडौं ।
आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सिट बाँडफाँटको लागि सत्तारुढ गठबन्धनले गठन गरेको कार्यदलको बैठक आज बस्दै छ ।
बैठक विहान ९ बजेबाट प्रधानमन्त्री निवास बालुवाटारमा सुरु हुने कार्यदलका सदस्य मिहलाल पूरीले जानकारी दिएका छन् । कार्यदलका संयोजक तथा नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौला भने बैठकमा अनुपस्थित रहनेछन् । कोरोना भाइरसको संक्रमण भएका कारण उनी बैठकमा अनुपस्थित हुने भएका हुन् ।
कार्यदलको बैठक बालुवाटारमा पटकपटक बस्दै आएपनि सत्तारुढ दलहरुबीच सिट बाँडफाँटमा कुरा मिल्न सकेको छैन । संघीय संसदका १ तथा ६५ तथा प्रदेश संसदका ३ सय ३० सिटका सिट वाँडफाँटका लागि कार्यदलले २०७४ सालको निर्वाचन र गत ३० वैशाखकाे स्थानीय तहको निर्वाचनको मत परिणामलाई आधार मान्ने प्रस्ताव अघि सारेकाे छ ।