सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुंगियो

sf7df8f}F, !% kmfu'gM ;Qf?9 bnsf] a}7s afn'jf6f/df cfOtaf/ a;]sf] ;Qf?9 bnsf] a}7s . tl:a/M /f]zg ;fksf]6f÷/f;;

भदौ ०७, काठमाडौं ।

सिटबाँडफाँटबारे टुंगो लगाउन बसेको सत्ता गठबन्धनको बैठक बिनानिष्कर्ष टुंगिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुसहित कार्यदलका सदस्यहरुको सहभागिता थियो । तर बैठकमा कार्यदलका संयोजक कृष्णप्रसाद सिटौला अनुपस्थित थिए ।

आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका सत्ता गठबन्धन दल सिट बाँडफाँटबारे टुंगो लगाउन चुनाव घोषणा भएसँगै छलफलमा जुटेका हुन् । तर उनीहरु सहमतिमा पुग्न सकेका छैनन् । आजको बैठकमा सिट बाँडफाँटका आधारहरूमाथि छलफल भएको थियो । बैठक भोलि पुन: बस्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here