भदौ ०७ काठमाडौं ।
नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार तोलामा ३ सय रुपैयाँले घटेर ९५ हजार रुपैयाँ कायम भएको छ । तेजाबी सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । महासंघका अनुसार मंगलबार चाँदी प्रतितोलामा ५ रुपैयाँले घटेर ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।